टि-ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक

Ad
  • Kalopati

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि–ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानद्वारा आज यहाँ आयोजित कार्यक्रममा चार टिम र टिम मालिकको नाम सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । कान्तिपुरको टिम मालिकमा महेश्वर स्वाँर, लुम्बिनीको सञ्जय शर्मा, विराटनगरका विक्रम यादव र जनकपुरका गौरीशङ्कर धामनी रहेका छन् । पहिलो संस्करणको उक्त प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । बाँकी दुई टिमको नाम र मालिक भने चाँडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आ(ईसीसी) ले मान्यतासमेत दिएको छ भने क्यानले उक्त प्रतियोगितालाई नेपालको आधिकारिक फ्रेन्चाइज लिग मानेको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: