श्वेत गंगा हाइड्रोपावरले २३ लाख ८९ हजार ५ सय कित्ता आइपीओ बिक्री गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

Ad
  • Kalopati

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरले आइपीओ बिक्री गर्ने भएको छ । हाइड्रोपावरले साउन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने लागेको हो । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने छ ।

यो मध्ये १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाएको छ । उक्त सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: