अध्यक्ष प्रचण्ड अर्थमन्त्री प्रकरणको बारेमा प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने तयारीमा

Ad
  • Kalopati

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माको बारेमा भइरहेको चर्को आलोचना बारे प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् । माओवादी केन्द्रीय कार्यालयका एक नेताका  अनुसार आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

ति नेताले भने, ‘प्रमुख प्रतिपक्ष दलले संसदीय छानबिनको माग गरेको छ’ । अर्थमन्त्रीको राजीनामा पनि मागिरहेको छ ।’ ‘त्यही कारण के गर्दा उपयुक्त हुन्छ र विवाद समाधान गर्न सकिन्छ भनेर अध्यक्षज्यूले प्रधानमन्त्री र सभामुखसँग आज या भोलिभित्रै छलफल गर्ने कुरा तय भएको छ ।’

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालय लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चर्को आलोचना भइरहेको छ । मन्त्रालयले सीसीटीभी फुटेज पनि हराएको भनेपछि अर्थमन्त्रीले राजनीनामा दिनुपर्ने माग बढ्दो छ । हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: