राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन, नेपालीलाई एकीकृत गर्नु रथयात्राको उद्देश्य

Ad
  • Kalopati

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेका छन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ स्कोन नेपालले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरे । स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए ।

पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै नेपालीलाई एकीकृृत गर्नु रथयात्राको मुख्य उद्देश्य रहेको जानकारी दिए । सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्रा सहर परिक्रमा गरी साँझ वसन्तपुरमा पुगेर सांस्कृतिक कार्यक्रमसहित समापन हुने बताइएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: