इन्धनको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन, १० भन्दा बढी घाइते

Ad
  • Kalopati

काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।सोमबार साँझ अनेरास्ववियुका कार्यकर्ताले घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् ।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा अनेरास्वियुका वरिष्ठ उपाध्‍यक्ष आरसी लामिछानेसहित १० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ । नेपाल आयल निगमले सोमबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: