१३ लाख जरिवना र छ दिन कैद सजाय ठहर भएका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Ad
  • Kalopati

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनको विसं २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय र १३ लाख जरिवना ठहर गरेको थियो । तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: