सोमबार १५ दशमलव ८२ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा पुगेको हो । कुल २३० कम्पनीको २९ लाख २० हजार ७ सय ५ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोड ८६ लाख ७४ हजार माथिको सेयर कारोबार भएको छ ।

सोमबार मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड १ लाख ६१ हजार ५ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: