जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन असार ३ गते हुने, २० मतदाताले भाग लिने

Ad
  • Kalopati

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन असार ३ गते हुने भएको छ । निर्वाचनमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट २० मतदाताले भाग लिने भएका हुन् । गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका यमलाल तिमिल्सिना र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्ण भुसालले उम्मेदवारी दिनुहुने बताइएको छ ।

नेकपा एमालेले प्रमुखमा टङ्क खनालको नाम अगाडि सारेको छ । उपप्रमुखमा काशिका गैरे र वसन्ता ज्ञवालीको नाम आएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यतालिकाअनुसार जिल्लामा जेठ ३१ गते मतदाताको नामवली प्रकाशन गर्ने, नामावली सच्याउने, संशोधित मतदाता नामवली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

असार १ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारीको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: