काठमाडौं महानगरपालिकामा ९०४ मत गन्दा मेयर बालेन १३७ भोटले अगाडि, उपमेयर सुनिता डंगोल कतिले ?

Ad
  • Kalopati

काठमाडौं । काठमाडौं महागरपालिकामा अहिलेसम्म ९०४ मत गनिसकिएको छ । वडा नम्बर १ को ४ सय , २ को १ सय र ३२ को ४ सय ४ गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २९८ मत प्राप्त गरेर अग्रता कायमै राखेका हुन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले १६१ मतले पछ्याइरहेका छन् भने कांग्रेसकी सिर्जना संह १५९ मतका साथ तेस्रो स्थानमा रहेका छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ३९५ र नेकपा एसका रामेश्वर श्रेष्ठले ८७ मत प्राप्त गरेका छन् । भर्खरै ४ नम्बर वार्डको मत गणना सुरू गरिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: