राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

Ad
  • Kalopati

राप्ती । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा माओवादी केन्द्रले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी हुनुभएको छ । ७१४ मत खसेकामा उहाँले ३५८ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए । उनि यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: