स्याङ्जामा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ४ जना घाइते

Ad
  • Kalopati

स्याङ्जा । स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । मंगलबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन् । स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको हो ।
हरिनाशको चिसापानीमा भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: