दाङको तुलसीपुर उपमहानगरपालिका वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

Ad
  • Kalopati
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।  नेकपा एमालेबाट उम्मेदवार बनेका  चौधरीको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित थिए  ।
यसअघि उनि तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएका थिए  । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेका हुन्  । उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल  लगिएको थियो ।  –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: