मंगलवार रातिबाट मौन अवधि शुरु हुँदै, के- के गर्न पाईन्छ ?

nirwachan
Ad
  • Kalopati

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज (मंगलवार) रातिबाट मौन अवधि लागू हुँदैछ । मौनावधिभर प्रचारप्रसार लगायतका गतिविधिमा निर्वाचन आचारसंहीता लागू हुने निर्वाचन आयोगले जनाएको हो । चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन हो । मौन अवधिभर कुनैपनि प्रचारप्रसारका गतिविधि गर्न नपाइने आचारसंहीतामा उल्लेख छ ।

मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिन्ह र प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन जस्ता गतिविधिहरु तथा सभा वा समारोह गर्न पनि निषेध गरिएको हुन्छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: