स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश नेपाल चिकित्सक संघले गर्यो स्वागत

Ad
  • Kalopati

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७९ को नेपाल चिकित्सक संघले स्वागत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारले संघसँगको सम्झौता बमोजिम नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गरेको भन्दै स्वागत गरेको हो ।

संघले अध्यादेशले स्वास्थ्य संस्थामा आगजनी गर्ने,स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुयाउने तथा स्वास्थ्यकमी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुयाएमा तत्काल कारबाही गर्ने व्यवस्था थप गरेको छ । उक्त व्यवस्थाले चिकित्सक तथा स्वस्थ्यकर्मी वा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्य पुर्णरुपमा निषेध हुने संघले विस्वास लिएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. लोकचन कार्कीले लामो समय देखि सरकारलाई स्वास्थ्यकर्मीको जीवन सुरक्षाको लागि माग गरिएको कानून ठिलै भए पनि ल्याएको बताए ।

उनले यो भन्दा अघि पनि यस्तो अध्यादेश आएको थियो तर संघले माग गरेको जस्तो अध्यादेश आएको थिएन अहिले आएको अध्यादेशले भने संघको संवेदनशिल मागलाई ब’झेर अध्यादेश आएकोमा सरकारलाई धन्यावाद दिए । अध्यक्ष कार्कीले सरकारले जारी गरेको अध्यादेशले स्वास्थ्यकर्मीहरुले निर्धक भएर काम गर्ने मनोवल बढाएको बताए । उनले अब सरकारले अध्यादेशलाई ६ महिनासम्ममा संसदबाट ऐनको रुपमा पारित गर्ने विस्वास रहेको बताए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेका थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: