सत्ता गठबन्धनले काठमाडौंमा आज चुनावी सभा गर्दै, शीर्षनेताले सम्बोधन गर्ने

nirwachan
Ad
  • Kalopati

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नेछन् ।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँ सवुजले जानकारी दिए ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: