ताप्लेजुङमा आगलागी एक घरमा आगलागी, १६ लाख बराबरको क्षति

Ad
  • Kalopati

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बसेका थिए । उनहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: