नेपाली काँग्रेसको चुनावी सभा चितवनको भरतपुरमा हुँदै, राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने

Ad
  • Kalopati

काठमाडौं । नेपाली काँग्रेसले आज चितवनको भरतपुरमा चुनावी सभा गर्दैछ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर काँग्रेसले चुनावी सभा आयोजना गरेको हो । चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

सभामा सहभागी हुन प्रधानमन्त्री देउवा र नेता पौडेल बुधवार नै चितवन जानुभएको थियो । चितवन महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादीकी रेणु दाहाल मेयरको उम्मेदवार रहेका छन् भने उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट मेयरमा विजय सुवेदी उम्मेदवार छन् । त्यस्तै नेपाली काँग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेता पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै यसअघि गृहमन्त्री बालकृष्ण खाँण चितवन पुग्नुभए पनि पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । चितवन गएको अवसरमा प्रधानमन्त्री देउवाले पनि नेता पौडेललाई भेट्ने कार्यक्रम रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: