‘आगामी बजेट निर्माणमा उद्योग र पर्यटन केन्द्रित योजना बनाउँछौँ’ : मन्त्री लामा

Ad
  • Kalopati

कर्णाली । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा कार्चेनले उद्योग तथा पर्यटन क्षेत्रका योजना निर्माणमा जोड दिने बताएका छन् । कर्णालीको अर्थतन्त्र वृद्धिमा सघाउने उद्देश्य राखेर आगामी आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा उद्योग र पर्यटनका योजनामा जोड दिने मन्त्री लामाले बताए ।

पर्यटन अर्थतन्त्र निर्माणको एक मुख्य खम्बा भएकाले मन्त्रालयले काक्रेबिहार, सुर्खेत चौघान पार्क, प्रदेशभरको पर्यटकीयस्थलको महत्वपूर्ण सूचना दिन सुर्खेत एयरपोर्टमा डिजिटबल बोर्ड राख्ने उनले बताए । “प्रदेश सरकारले बाह्य तथा आन्तरिक पर्यटकहरूको आकर्षणका लागि मुगु राराताल–डोल्पा से–फोक्सुण्ड ताल जोड्ने पैदलमार्ग निर्माण गर्ने योजना बनाएको छ”, मन्त्री लामाले भने , “सल्यानको कुपिण्डे दह, रुकुमको स्यार्पुताल, खारा जनयुद्ध सङ्ग्राहलय, कालिकोटको पचाल झरना, त्रिवेणी, पिली जनयुद्ध सङ्ग्राहलय निर्माण तथा विकासमा पनि जोड दिइनेछ ।”

राराताल वरिपरिको पर्यटकीय सर्किट निर्माणलाई निरन्तरता दिइने उनले जनाए । त्यस्तै बाह्य पर्यटकहरूको आगमनका लागि कर्णाली करिडोर निर्वाध सञ्चालन र सहज आवागमनका लागि पहल गर्ने, भेरी करिडोरअन्तर्गत डोल्पासम्मको आवागमन खतरामुक्त बनाउने खालका योजनालाई बढोत्तरी दिने उनको भनाइ थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: