वीपी राजमार्ग काभ्रेमा बस र जीप ठोक्किंदा बालकसहित ५ जनाको मृत्यु, १८ जना घाइते

Ad
  • Kalopati

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक अन्दजी ६ वर्षीय बालकसहित आमाको पनि मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको छ । अन्य मृतकको पहिचान खुलिनसकेको खतिवडाले बताए । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । दुवै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धन भइरहेको  छ  ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: