रातो मच्छिन्द्रनाथको रथ यात्रा आज बाट शुरु, करिव दुई महिना मनाउने प्रचलन

Ad
  • Kalopati

ललितपुर । बुधबारबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु हुँदैछ । आज पुल्चोकबाट रथ तान्न शुरु गरिनेछ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ ।

सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिव दुई महिना मनाउने गरिन्छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: