नेपालमै मिल्क ड्रिंकको उत्पादन सुरु, व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा

Ad
  • Kalopati

काठमाडौं । सरकारले व्यापार घाटा न्यूनीकरण गर्न आयात रोक लगाएपछि नेपालमै मिल्क ड्रिंकको उत्पादन सुरु भएको छ । महावलेश्वर डेरीले नेपालमै रेभा, एमडी आई मिल्क ड्रिंक उत्पादन तथा बिक्री वितरण सुरु गरेको हो । बढ्दो आयात न्यूनीकरण गर्न ३ वर्ष अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मिल्क ड्रिंक्स आयात प्रतिबन्ध लगाएको थियो ।

रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिजले दुईवटा ब्राण्डको मिल्क ड्रिंक्स बजारमा ल्याएको छ । नेपालको औद्योगिक नगरी बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यावसायिक प्रतिष्ठानका रूपमा स्थापना गरिएको यस उद्योगले आफ्ना उत्पादनहरू नेपालभरि आधिकारिक बिक्रेतामार्फत बिक्री वितरण सुरु गरेको छ ।

यसैक्रममा उद्योगले काठमाडौंमा पनि आफ्नो उत्पादनको बिक्री वितरण सुरु गरेको हो । पवित्र डेरी उद्योगको अर्को परियोजनाको रूपमा बुटवल उपमहानगरपालिका वार्ड नं। १४मा स्थापित महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज २०७८ साल चैतदेखि सञ्चालनमा आएको हो ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: