महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न प्रदान, उनि भन्छन् – ‘निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न काम शुरु गरेका छौँ’

Ad
  • Kalopati

काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दज्र्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा सोमबार गृहसचिव टेकनारायण पाण्डेले उनलाई सशष्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । दज्र्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम शुरु गरिसकेको बताए ।

उनले अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताए । नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको बताए । नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले आफ्नो कमामाडौंमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताए ।

उन हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको शुरुवात गरिने प्रतिवद्धता जनाए । नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्यांकन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्ने बताए । उनले आर्थिक पारदर्शीतालाई आफ्नो पहिलो प्राथमिकता बनाएर राजश्व संकलनमा अभिवृद्धि र चोरी, तस्करी नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताए ।

नवनियुक्त सशष्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने र सरुवामा आउने गरेका अनावश्यक दबावलाई अन्त्य गर्ने बताए । उनले गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्नेमा मन्त्रालयको ध्यानाकर्षण गराए । अर्यालले सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिने पनि जानकारी दिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: