नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने सिंहको प्रतिवद्धता

Ad
  • Kalopati

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दज्र्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा सोमबार गृहसचिव टेकनारायण पाण्डेले उनलाई प्रहरी महानिरीक्षको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

दज्र्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नवनियुक्त महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको बताए । उनले अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धतासमेत जनाए ।

महानिरीक्षक सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने पनि बताए । नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचनमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पारे ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: