राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लव लिगको खेल हुँदै, महिला तर्फबाट एपिएफ र नेपाल पुलिस क्लवबीच हुने

Ad
  • Kalopati

काठमाडौं  ।  आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आज महिलातर्फका खेल हुँदैछन् । जस अनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लवले एभरेष्ट भलिबल क्लवसँग प्रतिष्पर्धा गर्नेछ भने महिला तर्फको दिनको दोस्रो खेल एपिएफ र नेपाल पुलिस क्लवबीच हुनेभएको हो ।

यस्तै पुरुषतर्फ भने तीन खेल हुनेछन् । पुरुषतर्फ दिनको पहिलो खेल हेल्प नेपाल स्पोर्ट्स क्लव र ढोरपाटन स्पोर्ट्स क्लवबीच हुनेछ । त्यस्तै दोस्रो खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेश तथा तेस्रो खेल एपिएफ र गल्कोट स्पोटर््स क्लवबीच प्रतिष्पर्धा हुनेछ । लिगमा महिला पुरुष दुवै तर्फका विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछ । लिगको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३५ हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने संघले जनाएको छ ।

लिगमा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान राखिएको छ । आईतवार भएको खेलमा गण्डकी प्रदेश भलिबल क्लव, नेपाल पुलिस क्लव र त्रिभूवन आर्मी क्लवले छैटौं आररबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लव लिगमा पुरुषतर्फ विजयी शुरुवात गरेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: