मेगा बैंकद्दारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग, काम गर्न थप सहज होस् भन्ने उद्देश्य

Ad
  • Kalopati

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो । सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: