नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे एसँग प्रतिष्पर्धा गर्दै, पहिलो चरणमा तीन टि २० खेल हुने

Ad
  • Kalopati

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार आज बाट जिम्बाबे एसँग टि २० सिरिज खेल्दै छ । तीन टि २० सिरिज आज दिउँसो १ बजेबाट त्रिधूवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुने भएको छ । शनिवारबाट जिम्बाबे एसँग तीन एकदीवसीय सिरिज शुरु गर्ने तालिका रहेपनि वर्षाका कारण खेल प्रभावित बनेपछि टि २० सिरिजलाई पहिला खेलाइने भएको हो ।

जिम्बाबे एसँग अब पहिलो चरणमा तीन टि २० खेल हुनेछन् भने दोस्रो चरणमा तीन एकदिवसीय खेल हुनेछ । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका रुपमा जिम्बाबे एसँग खेल्न लागेको हो । पाहुना टोलीसँग नेपालले दोस्रो खेल सामेवार र तेस्रो खेल बुधवार खेल्ने तालिका रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: