‘अध्यक्ष ओलीको मुखमा अङगार छ, मुखमा अङगार भएकोले कालै ओकल्छ’ : महामन्त्री थापा

Ad
  • Kalopati

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अङ्गार भएकाले कालो ओकल्ने गरेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले कालो ओकल्ने गरेको टिप्पणी गरेका हुन् ।

ओलीले मंगलवार एक कार्यक्रमकाबिच कांग्रेसको घोषणापत्रको सन्दर्भलाई उल्लेख गर्दै महामन्त्री थापाले ओलीले मुख छाड्नु नौलो कुरा नभएको बताए । उनले मुखमा अङ्गार हुनेले कालै ओकल्ने बताए । ओलीले आफुले बोलेको झुटलाई चुनौती दिने मानिसलाई सनक्क सन्किएर पागल भन्ने गरेको पनि उनले बताए । ओलीले विगतमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र चिकित्सक गोविन्द केसीलाई पनि पागल भनिसकेको उल्लेख गरे । महामन्त्री थापाले ओलीलाई आफ्नो प्रशंशाको एकलाप सुन्ने बानि भएको भन्दै कांग्रेसको घोषणापत्रले उनको झुटको पर्दापास गरेकाले रिस उठेको बताए ।

उनले ओलिलाई लजिक मन नपरेर म्याजिक मन पर्ने गरेको टिप्पणी गरे । घोषणापत्रमा लजिकको कुरा भएको र म्याजिकको कुरा नभएकाले ओलीलाई मन नपरेको उनको भनाई छ । उनले केपी ओलीलाई ट्युशन पढाउन बालकोट जाने बताए । ओलीले आफुले अघि सारेको समुन्नत नेपालको अवधारणालाई चोरेको आरोप लगाएको भन्दै उनले आफ्नो समुन्नत नेपालको अवधारणा र ओलीको समृद्धिको अवधारणाको विचको फरकका बारेमा पढाउन बालकोट नै जानुपर्ने भएको बताए । उनले ओलीको समृद्धिमा अहंकार भएको बताए भने आफ्नो समुन्नत नेपालमा मानिसको जिवनमा भएको दुःखलाई समाधान गर्ने खोजि भएको उल्लेख गरे ।

थापाले ओलीको समृद्धि र आफ्नो समुन्नत नेपालको अवधारणाको सम्बन्धमा नेकपा(एमाले)का नेताहरु सँग बसेर बहश गर्न तयार रहेको चुनौती पनि दिए । उनले स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: