बुटवलमा सटर फोडेर चार सय तोला सुन सहित पाँच लाख रुपैयाँ चोरी

Ad
  • Kalopati

बुटवल । सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । सोमबार राति बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरगहना तथा २३ तोला काँचो सुन चोरी भएको हो ।

सुनसँगै नगद पाँच लाख रुपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । भारतीय नागरिकहरूले पसल राख्नका लागि भन्दै घर भाडामा लिएर डेकोरेसन लगायतको काम सुरु गरेका बेला सुन पसल चोरी भएको हो । प्रहरीले घटनामा उनीहरूको संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । उक्त घर योगेन्द्र अग्रहरीको हो ।

सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले पटकपटक सुनचाँदी व्यवसायी लुटिने क्रम बढेको र कुनै पनि घटनामा पीडितले न्याय नपाएको बताएका छन् । ‘अभियुक्तहरूलाई पक्राउ गरेर कारबाही नगर्दासम्म व्यवसायीले न्याय पाउँदैनन्’ उनले भने ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: