एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मेको काँग्रेसको दावी, ओली नेतृत्वको सरकारले पाँच वर्षको समय खेर फालेको निष्कर्ष

Ad
  • Kalopati

काठमाडौं । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालतको आदेशबाट जन्मेको दावी गरेको छ । सत्तारुढ नेपाली काँग्रेसले आईतबार सार्वजनिक गरेको पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा प्रमुख प्रतिपक्ष दल एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख गरिएको हो ।

परमादेशमा सरकार बनेको भन्ने एमाले अध्यक्ष ओलीलाई सो पार्टी अदालतको आदेशबाट जन्मेको कुरा घोषणापत्रमार्फत् सम्झाउनु परेको पार्टीका महामन्त्री गगनकुमार थापाले बताए । घोषणा पत्रमा केपी ओली नेतृत्वको नेकपाको सरकारले पाँच वर्षको समय खेर फालेको निष्कर्ष समेत निकालिएको छ । ओली नेतृत्वको सरकारले अधिनायकवाद र सर्वसत्तावादको सुत्रपात गरेको आरोप लगाइएको छ । तीन वटै तहको सरकार संचालन गर्ने अवसर पाएको सो सरकारले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको, संघीयताविरोधी गतिविधि गरेको, विभेदकारी नागरिकताको व्यवस्था गर्न खोजेको, सार्वजनिक सम्पत्तिमा लुट मच्चाएको आरोप लगाइएको छ ।

काँग्रेसको घोषणा पत्रमा कोरोना महामारीमा समेत कमिशन र भ्रष्टाचार गरेर ओली नेतृत्वको तत्कालीन सरकारले जनतामाथिनै ज्यादति मच्याएको उल्लेख गरिएको छ । घोषणा पत्रमा समुन्नत नेपाल निर्माण गर्ने र त्यसका लागि स्थानीय सरकार सवल हुनुपर्ने भनिएको छ । काँग्रेसले स्थानीय तहको जनप्रतिनिधिहरुलाई त्यहीको जनताको सेवकको रुपमा रहने गरी आवश्यक तालिम सहितको व्यवस्था गर्ने पनि जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: