नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ११ बजे बस्दै

Ad
  • Kalopati

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार  केन्द्रीय कार्यालय सानेपामा  शनिबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयमा छलफल हुने बताईएको छ।

त्यस्तै नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको लागि अझै सम्म उमेद्वारको टुंगो लगाउन सकेको छैन। शुक्रबार मध्यरातसम्म बसेको बैठक कुनै पनि उम्मेदवारको टुंगो नलगाइ सकिएको थियो  । काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएपनि ललितपुर र विराटनगरको विषयमा सहमति हुन सकेको छैन ।​

विराटनगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा बढी छलफल भएको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: