काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्ना सेवाहरुमा सुधारको घोषणा गर्नुका साथै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । एससीटी नेपाललाई पहिलोपटक विल्कुलै नयाँ इन्टग्रेटेड सेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शक रहेको हो ।
एससीटीले आफ्ना आयामहरुलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवालाई एउटै छातामुनि एकीकृत गरेको छ । यसले दोहोरो इन्टरफेस सम्पर्कसहित र सम्पर्कविहीन देखि लिएर डेबिट र प्रिपेड कार्ड घरेलु र अन्तर्रास्ट्रिय, एटीएम र पीओएसको परस्पर सम्बन्ध, बीएफआईहरुबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरुको गेटवे, क्यूआरसी प्लेटफर्म र यसमार्फत वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरू प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्याएको छ ।
‘हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरु अगाडि ल्याउन पाउँदा हामी उत्साहित छौँ। नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले संकेत गर्छ । क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिँदै आइरहेको ‘इभेन्टमा’ हाम्रो लोगो र सेवाहरु सार्वजनिक गर्नु यस इभेन्टभन्दा उचीत अवसर अरु कुनै हुन सक्दैन’, सीईओ नारायणप्रकाश भुजु बताउँछन् ।