अध्यक्ष शर्मा भन्छन् – ‘एमालेको सुर्य चिन्ह सिध्याउँछु भनेर कुदेकाहरुको थुतुनो आज डढिराखेको छ’

Ad
  • Kalopati

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् । बिहीवार काठमाडौंमा नेकपा(एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका हुन् ।

उनले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताए । मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उनले बताए । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे । अध्यक्ष ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफुले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए ।

प्रचण्ड, माधव नेपालहरुले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफुसँग नरहेको उनले उल्लेख गरे । उनले पाँच दलीय गठबन्धनले झापामा राप्रपालाई साझा उम्मेदवार बनाएकाले अब यो गठबन्धन छ दलीय गठबन्धन बनेको बताए । उनले एमालेको सुर्य चिन्ह सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जलेको टिप्पणी गरे ।

तत्कालिन नेकपामा प्रचण्डले आफुलाई पार्टीबाट निष्काशन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथमा १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको बताए ।  अध्यक्ष ओलीले आगामी निर्वाचन पछाडी नेकपा(एमाले) संवैधानिक रुपमा, मुल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: