ट्रयास कलेक्सन रेस गर्नेका लागि कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सम्झौता

Ad
  • Kalopati

काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सम्झौता भएको छ । आगामी काठमाडौ ट्रयास कलेक्सन रेस–२०२२’का लागि यि दुईबीच सम्झौता भएको हो । कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘काठमाडौ। ट्रयास कलेक्सन रेसका लागि सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौँ ।  वास्तवमा हामी सबैले यस्ता वातावरणीय समस्या समाधान गर्न हातेमालो गर्नुपर्छ र युवा यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् ।

यसका साथै नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ ।’ काठमाडौं ट्रयास कलेक्सन रेस एकदिने कार्यक्रम हो । जहाँ सहभागीले ९० मिनेटमा ६ किलोमिटर दौडिँदै फोहोर संकलन गर्नुपर्ने हुन्छ । सहभागीले दुईजनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर संकलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ । यो रेसमा सबैजना सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पे वेल एपमार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ ।

यही वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज हात्तीसारबाट सुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।नेपालको अग्रणी जब पोर्टल कुमारी जब यस्ता संस्थागत उत्तरदायित्व मुलक सामाजिक अभियानहरुमा सक्रिय रुपले सहभागी हुँदै आएको छ र यो वर्ष काठमाण्डौ ट्रयास कलेक्सन रेस २०२२ सँगै अन्य थुप्रै गतिविधि गर्दै जाने उद्देश्य लिएको छ । मुख्यतया युवाहरु कार्यरत यस संस्थाका कर्मचारीहरु समाज र वातावरणप्रति सकारात्मक योगदान पुर्याउन प्रतिबद्ध छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: