१५ शय्याको नगर अस्पताल बन्ने, सामान्य बिरामी हुँदा सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य

Ad
  • Kalopati

बलेवा । जैमिनी नगरपालिकाले १५ शय्याको नगर अस्पताल बनाउने भएको छ । जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा उक्त अस्पताल बन्ने भएको हो । एक पालिका एक अस्पताल बनाउने सरकारी निर्णय र पालिकाको आवश्यकतासमेतले अस्पताल निर्माण अभियान थालिएको नगरप्रमुख इनद्रराज पौडेलले बताए ।

हाल कुश्मीसेरामा प्राथमिक स्वास्थ्य केन्द्र छ । उक्त केन्द्रमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, नगर अस्पतालमा पनि डाक्टरको व्यवस्था गर्ने पौडेलले सुनाए । प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाका अनुसार नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउन नगर अस्पतालको अवधारणा आएको बताए । नगरपालिकाको स्वास्थ्य नीति अनुसार १५ शय्याको अस्पताल बनाउन छ रोपनी जग्गासमेत व्यवस्थापन भइसकेको कोइरालाले जानकारी दिए ।

वडा नं १ को टारमा रु ६० लाख लगानी गरेर नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको छ । जैमिनीमा नगर अस्पताल नहुँदा स्थानीयले सामान्य बिरामी भए पनि सदरमुकाम र पोखरा धाउनुपर्ने बाध्यता छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: