‘स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा छैनन्’ : महामन्त्री थापा

Ad
  • Kalopati

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नभएको बताएका छन् । कांग्रेस क्षेत्र नंवर ४ प्रदेश क क्षेत्रिय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

निर्वाचनमा तालमेल गर्न नहुने बिषय आफुले पहिलेदेखि नै उठाउदै आएको र कांग्रेस कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको महामन्त्री थापाले बताए । उनले आफूले पछिल्ला दिनहरुमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने धारणा पनि राखे ।

मतदाता र कार्यकर्ताको भावनाबिपरित जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुने सक्ने उनको भनाई छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: