दरबारमार्ग महोत्सव सम्पन्न, पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुर्याउने उद्देश्य

Ad
  • Kalopati

काठमाडौं । । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको १५औँ दरबारमार्ग महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् ।

कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आमसर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो ऊर्जा दिएको छ । महोत्सवमा कलाकारहरुले प्रस्तुति दिन थालेपछि महौल निकै मनोरञ्जनात्मक भएको थियो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक शुुभारम्भ गरेका थिए । देशका ९० प्रतिशत बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताए ।

सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्नुरहेको थियो । महासंघ, महासंघको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेबान० र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्यमा यो महोत्सव आयोजना गरेको थियो। महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यायसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले बताए ।  महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले सानाठूला सबै उद्यमव्यवसायलाई यस्ता कार्यक्रमले ऊर्जा प्रदान गर्ने बताइन् ।

धन्यवाद मन्तव्यका क्रममा रेबानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र बाह्य पर्यटन पुनरुत्थानमा सहयोग गर्न सकियोस भनेर महोत्सव आयोजना गरिएको बताए । गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिसहित महोत्सव बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिब १ लाख दर्शकले अवलोकन गरेका थिए। चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विषेश प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: