मुक्तिनाथ विकास बैंकले ल्यायो मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा, केके छन् विशेषताहरु ?

Ad
  • Kalopati

काठमाडौं । मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ क्रमिक बचत खाता” सञ्चालनमा ल्याइएको छ । मुक्तिनाथ क्रमिक बचत खाता निक्षेपकर्ताहरुलाई लाभदायी रहेने बैंकले जनाएको हो । बैंकले यो खातामा बचत खाता तथा मुद्धति खाताको विशेषताहरुलाई समेटिएको जनाएको छ ।

उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ देखी १० वर्षसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएका ग्राहकहरुलाई उच्चतम लाभ हुने छ ।

यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दानीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: