डिसहोमको सामाजिक कार्य : विद्यार्थीलाई शैक्षिक सामग्रसहितको झोला वितरण

Ad
  • Kalopati

काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेड डिसहोमले सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बालकल्याण आधरभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरेको छ । कम्पनीले शनिबार एक कार्यक्रमबीच उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसहित को झोला वितरण गरेको हो ।

उक्त विद्यालयमा ११० जना विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको डिसहोमका एरिया सेल्स मेनेजर प्रदीप सुवेदीले जानकारी दिए । डिसहोमको उक्त कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नयन बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टीकाराम सापकोटाले सहकारीका तर्फबाट वाटर डिस्पेन्सर, पानीको जार, डस्टबिनलगायतका अन्य सामग्री विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद नेपाली, डिसहोमका एरिया सेल्स मेनेजर प्रदीप सुवेदी, सेल्स अफिसर विमलमान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थित थियो । कार्यक्रममा सुवेदीले डिसहोमले देशैभरि विद्यार्थीको उज्ज्वल भविष्यका लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: