युनिलिभरले कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग गर्यो दोस्रो सहकार्य

Ad
  • Kalopati

काठमाडौं । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंश रुपमा ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो दोस्रो सहकार्य हो ।

हिमालको संरक्षण गर्ने र चुचुरोरहिमालहरु सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो । हिमालको संरक्षण गर्ने र चुचुरोरहिमालहरु सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो । फोहोरमुक्त विश्वका लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । फोहोरमैला व्यवस्थापनमा लापरबाहीले हिमालहरुको सौन्दर्यलाई तहसनहस पार्नुका साथै विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ । काठमाडौंस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई  दिए ।

‘हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्वसनीय र प्रतिबद्ध साझेदारीको आवश्यकता पर्दछ र हामी युनिलिभरसँग नेपालमा यसलाई निरन्तरता दिन पाउँदा उत्साहित छौँ’, उनले भने। युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौँ ।’ नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशिल रहेको उल्लेख गर्दै मुखर्जीले युनिलिभरले कञ्चनजंघा हिमालको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताए ।

युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहोरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ, विशेष गरी साझेदारी र सहयोगको माध्यमबाट जसले यसका कार्यसञ्चालनभन्दा पर रहेर परिवर्तनलाई हाँक्दछन्। अन्तिम उद्देश्य फोहोर व्यवस्थापनको लागि चक्रीय आर्थिक प्रणाली सिर्जना गर्नु हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: