महालक्ष्मी विकास बैंकद्वारा डस्टबिन हस्तान्तरण, फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्य

Ad
  • Kalopati

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत लक्ष्मी आदर्श युवा क्लब पोखरा २७ र ३० ज्यामिर कुना शिशुवालाई डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लबलाई १० थान डस्टबिन हस्तान्तरण गरेको हो ।

शिशुवावरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डस्टबि हस्तान्तरण गरिएको बैंकका शिशुवा शाखा प्रबन्धक विमल बास्तोलाले जानकारी दिए । एक कार्यक्रमबीच शाखा प्रबन्धक बास्तोलाले युवा क्लबका अध्यक्ष निर्भान देवानलाई डस्टविन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा युवा क्लबका अध्यक्ष देवानले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए । स्थानीय नगर वरपर फोहरमैला व्यवस्थापनमा सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुगोस् भन्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: