शुभयात्रा विश्व साइकल अभियानको आरम्भ, जलवायु परिवर्तनको प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्य

Ad
  • Kalopati

काठमाडौं । जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ । जलवायु परिवर्तनले पारेका प्रभावहरुको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत् भ्रमण गरेका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस अभियानका बारेमा जानकारी गराएका हुन् । उनले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरुलाई न्यूनिकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व साइकल यात्रा तय गरिएको बताए । उनले अभियानमार्फत् जलवायु परिवर्तनको असरको सम्बन्धमा सचेतना फैलाउनुका साथै १५० देशमा कार्बन उत्र्सजन न्यूनिकरणको सन्देशसहित ५०० वटा वृक्षारोपण गर्ने पनि बताए । विश्व साइकल यात्रामा आफुले इलेक्ट्रिक साइकल प्रयोग गर्ने जानकारी दिनुभयो । आगामी दिनमा स्वच्छ वातावरणका लागि पेट्रोलियम पद्धार्थको प्रयोगमा बन्द गर्नुपर्ने उनले बताए ।

उनले साइकलमार्फत् नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्मको यात्रा पहिलो चरणमा गर्ने र क्रमशः अन्य देशहरुमा यात्रा गर्ने बताए । पाँच वर्ष भित्रमा विश्वका १५० देशको यात्रा गर्ने लक्ष लिइएको उनले बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: