नेपाल बास्केटबल लिग जेठ दोस्रो साताबाट हुने, कति टोली हुँदै छन् सहभागि ?

Ad
  • Kalopati

काठमाडौं । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाएको हो । दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो बास्केटबल लिग हो । लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा हुनेछ ।

शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन । प्लेअफका खेलहरु असार ३२ बाट सुरु हुने छन । पुरुष तर्फ ५६ र महिलातर्फ २० लिग खेलहरु हुने छन् । लिगमा पुरुषतर्फ ८ टोलीले सहभागिता हरनेन छ भने महिला तर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब,रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलोले सहभागिता जनाउनेछन् । यस्तै महिला तर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडका उपाध्यक्ष अरुण कार्कीले जानकारी दिए । प्रतियोगितामा एक टोलीले ४ विदेशी खेलाडी समावेश गर्न पाउनेछन भने दुई खेलाडीले कोर्टमा खेल्न पाउन प्राब्धान तोकिएको छ ।

एनबिएल पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने महिलाको विजेताले १ लाख रुपैयाँ पाउनेछ । पुरुष तर्फ दोस्रो हुने टिमले १ लाख र महिला तर्फ दोस्रो हुनेले ५० हजार पाउने छन । यस्तै हरेक खेलमा मस्ट भ्यालुएवल खेलाडीले ३ हजार बराबरको गिफ््ट भौचर प्राप्त गर्ने छन । लिगका उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ बराबरको गिफ भौचर प्रदान गरिनेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: