निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको ६ वटा विषयमा एमालेको असहमति

Ad
  • Kalopati

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा नेकपा एमालेले असहमति जनाएको छ । आयोगले जारी गरेको आचारसंहिता र संविधान र कानुनसँग बाझिएका बाहेकका संहिताहरु पालना गर्ने प्रतिवद्धता जनाएको छ ।

आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हुन् । एमालेले उम्मेदवार मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था, सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्न लगाउने व्यवस्था, कुनै पनि तहको कार्यपालिका सदस्य, मन्त्री, प्रधानमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा रोक लगाउने आचार संहिताको व्यवस्थामा असहमति जनाएको छ ।

यदि यस्तो व्यवस्था तत्काल लागू हुने हो भने अनुपयुक्त मात्र होइन, संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको विपरीतसमेत हुनेछ । एमालेले उम्मेदवारले आफ्नो कार्यालयबाहेक अन्यत्र झण्डा र चुनाव चिह्न प्रयोग गर्न नपाउने, अनलाइन र वेवपेजबाट जुलुस तथा सभाको प्रचार थर्न नपाउने व्यवस्थाको पनि आशय खुलाउन माग गरेको छ । एमालेले जनप्रतिनिधिले उम्मेदवार बन्नुअघि राजीनामा दिने व्यवस्था स्थानीय सरकारको निरन्तरताको सिद्धान्त र स्थानीय तह खाली गर्नै नहुने गरी संविधानले गरेको व्यवस्थाको प्रतिकुल भएको बताएको छ ।

एमालेले संविधान र संसदबाट पारित कानुनप्रति एमाले प्रतिवद्ध रहेको भन्दै आयोगले तयार गरेको आचारसंहिता संविधान र कानुनसँग बाझिएको अवस्थामा बाहेक पालना गर्ने बताएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: