हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ ।साथै तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ ०२ गते (आइतबार)
दिउँसो : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
राती : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
२०७८ माघ ०३ गते (सोमबार)
दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।
राती : देशभर आंशिक बदली रहने छ। ।
२०७८ माघ ०४ गते (मंगलबार)
दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
राती : पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।