‘क्रिसमसले सबै नेपालीबीच आपसी सद्भाव बढाउनेछ’

Ad
  • Kalopati

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले आज सन्देश जारी गर्दै क्रिसमसले सबै नेपालीबीच आपसी सद्भाव र बन्धुत्वको भावना कायम राख्न पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो । शुभकामना सन्देशमा भनिएको छ, “क्रिसमस डे जस्ता पर्वले नेपालीबीच आपसी विश्वास, पे्रम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने तथा विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेको समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने विश्वास लिएको छु ।”

Ad

RELATED POSTS

YOUR FEEDBACK: