काँग्रेस महाधिवेशन आजदेखि सुरु ( कार्यसूची सहित )

Ad
  • Kalopati

आज दिउँसो १ बजे शुक्रबार भृकुटीमण्डपमा  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको नेपाली काँग्रेसको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि  भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार गरिएको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला डिजिटल डिस्प्ले बोर्ड राखिएको छ भने   सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ।

कार्यक्रमका लागि  भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने नेपाली काँग्रेसले बताएको छ । भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेको काँग्रेसले बताएको छ  ।

महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको प्रांगणमा हुने र बस्नका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ। उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र  दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिले  जानकारी दिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: