अखिल नेपाल खेलकुद महासङ्घ बागलुङका संयोजकमा थापा

Ad
  • Kalopati

बागलुङ । अखिल नेपाल खेलकुद महासङ्घ बागलुङको संयोजकमा अरविन थापा चयन भएका छन् । आज यहाँ भएको पहिलो जिल्ला भेलाले उनका नेतृत्वमा ५३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

समितिको सदस्यमा कविन्द्र बोहोरा, समिर छन्त्याल, अनिष जिसी, नरेश सप्लाङ्गी, सचिन सुनुवार, लक्ष्मण भुजेल, रमेश परियार, प्रमल थापा, हिमाली रोका, तुलबहादुर रोका, राजु विसी, दिवस थापा, नगेन्द्र थापा, नवीन थापा काला, सौरव खड्का, अशोक थापा, भीम रसाइली, जीवन साहानी, राजु विक, रेशम पुन, खुश्वु घर्ती र रमिला घर्ती छन् ।

यस्तै जमुना घर्ती, एसिया सिँजाली, चन्दिका रोका, भूमिराज थापा, मौसम घर्ती, सूर्यबहादुर थापा, आशिष मगर, विशाल कार्की, दिलीप थापा, लप्शन मगर, विनोद काउचा, सुरेन्द्र केसी, हिमाल केसी, अस्मिता थापा, अजय बोहोरा, नवीना काला, जीवन सुनार, जगबहादुर थापा, संगम श्रीस, अग्रेज क्षत्री, प्रदीप थापा, बसन्त थापा, मिलन थापा, हिरा थापा, राजेश सुनार, दीपेन्द्र खत्री, विष्णु खड्का विकास कँडेल, रवीन खड्का र विशाल थापा सदस्यमा चयन भएका संयोजक थापाले जानकारी दिए ।

आयोजक समितिमा जिल्लाका दश वटै स्थानीय तहबाट विभिन्न विधाका खेलाडी समेटिएको उनको भनाइ छ । समितिले यही मङ्सिर भित्रैमा सम्मेलन गरी जिल्लाको नयाँ नेतृत्व चुन्ने जनाइएको छ । महासङ्घले स्थानीय तहमा पनि सङ्गठनको संरचना विस्तार गर्ने योजना बनाएको छ ।

भेलाको उद्घाटनपछि बोल्दै महासङ्घका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज जीवन खातीले खेल क्षेत्रको सुधारका लागि राज्यले सही नीति लिनुपर्नेमा जोड दिए । “खेलाडी र प्रशिक्षकको स्तरोन्नति गर्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्छ”, उनले भने “खेलाडी सङ्गठित र एकताबद्ध हुँदा मात्र खेल क्षेत्रका माग पूरा गराउन राज्यलाई दबाब दिन सकिन्छ ।”

उनले विगतमा नेकपा माओवादी केन्द्र सरकारको नेतृत्वमा रहँदा खेल क्षेत्रका विकासमा सुधारका काम थालेको स्मरण ग । माओवादी केन्द्रका नेता राजीव घिमिरेले खेलले राष्ट्रको पहिचान र एकतालाई सुदृढ गर्ने बताए । “खेलका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिन्छ, युद्धका बेला पनि मानवजातिलाई एकापसमा खेलले मात्र जोड्न सक्छ”, उनले भने । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: