काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।
असोज १५ गतेदेखि सुरु भएको विधान महाधिवेशन आज सक्ने तयारी रहेको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।