समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले शुक्रबारनै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।
परिस्थितिमा परिवर्तन भएको र काम गर्ने वातावरण नभएकाले सामूहिक राजीनामा दिइएको परिषदका पदाधिकारीहरुले बताएका छन् ।उनीहरुले सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप पनि लगाएका छन्।
राजीनामा दिएको विषयमा र गरेका कामको जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना समेत गरिएको छ ।