राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारले अब खर्च गर्न पाउने

Ad
  • Kalopati

राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ बिहिबार प्रमाणीकरण गरेकी छन् । बजेट प्रमाणीकरण भएसँगै सरकारले अब खर्च गर्न पाउने छ  । संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए । प्रतिस्थापन विधेयक लिएरआए  पनि पास गराउन भने सकस परेको थियो । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: